सेयर बजार सुधारका लागि लगानीकर्ताबाट आन्दोलनको घोषणा

भक्तपुर न्यूज

११ पुष २०७३ १०:५८

सेयर बजार सुधारका लागि लगानीकर्ताबाट आन्दोलनको घोषणा

काठमाडौं, ११ पुस । सेयर लगानीकर्ता संघले ६ बुँदे माग राख्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आज बसेको संघको केन्द्रिय समितिको बैठकले आगामी बुधबार विहान १०ः३० बजे नेपाल स्टक एक्सचेन्जको कार्यालयमा संचालक समितिलाई ज्ञापन बुझाउने निर्णय गरेको छ । सेयर बजार सुधारका लागि विभिन्न माग राख्दै सेयर लगानीकर्ता संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
संघले बैंकलाई ब्रोकर लाईसेन्स दिनुपर्ने, ब्रोकरहरुको शाखा विस्तार गर्नुपर्ने, अनलाईन ट्रेडिङ यथासिघ्र कार्यान्वयनमा ल्याउनुपर्ने, हकप्रद, बोनस, मर्जर र सुचीकृत नीति स्पष्ट हुनुपर्ने, बजार निर्माता ल्याउन पहल गर्नुपर्ने र गैर आवासीय नेपालीलाई पूँजी बजारमा ल्याउन पहल गर्नुपर्ने माग अघि सारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *