गाविस सचिवहरुको माग समायोजनमा एक तह बढुवा

भक्तपुर न्यूज

११ पुष २०७३ १०:०४

गाविस सचिवहरुको माग समायोजनमा एक तह बढुवा

काठमाडौं, पुस ११ गते । १४ वर्ष सम्म हुन नसकेको स्थानीय निकायको निर्वाचन यती बेला चर्चा पर्चाको बिषय बनेको छ । स्थानीय तहको वा स्थानिय निकायको तर संघियतामा गईसको नेपालमा यती बले गाविस सचिवहरुले १४ वर्षसम्म गाविस अध्यक्षको समेत जिम्मेवारी निर्वाह गरेको भन्दै स्थानीय तहमा कर्मचारी समायोजन गर्दा गाविस सचिवलाई एक तह बृद्धि गर्न माग गरेका छन । गाविस सचिवले विभिन्न चुनौतिका बाबजुद  १४ वर्षसम्म स्थानीय निकायमा दोहोरो जिम्मेवारी निर्वाह गरेको भन्दै अब कर्मचारी समायोजन हुँदा एक तह बृद्धि गर्न सरकारलाई आग्रह गरेका हुन् । जोखिम समयमा समेत सचिवले ज्यानै बाजी राखेर स्थानीय निकाय सञ्चालन गरेको भन्दै सोको सम्मान स्वरुप सरकारले कर्मचारी समायोजन गर्ने क्रममा एक तह बृद्धि गरेर गाविस सचिवलाई हौसला प्रदान गर्नुपर्ने गाविस सचिवहरुको भनाइ छ ।
गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालका अध्यक्ष दामोर रिजालले भने, १४ वर्षसम्म गाउँमा बसेर स्थानीय निकायलाई सञ्चालन गर्न गाविस अध्यक्षको समेत भूमिका निर्वाह गरेका गाविस सचिवको एक तह बढुवा गरी सरकारले सम्मान गर्नुपर्छ ।
उनका अनुसार द्वन्द्वकालदेखि हालसम्म २८ जना गाविस सचिवले ज्यान गुमाएको, भूकम्पपछि गाविस सचिवले सरकार र भूकम्प पीडितबीच पुलको काम गरेको, कर्मचारीको अभावमा एक गाविस सचिवले तीनदेखि पाँचवटासम्म गाविसको जिम्मेवारी बहन गर्दै आएका छन । यी सबै कुराको मूल्याकंन अब सरकारले  गाविस सचिवको एक तह बढुवा गरेर गर्नुपर्छ ।
अहिले भएका गाविस सचिव खरिदार र नासु स्त्तरका रहेका छन् । लामो समयसम्म गाविस सचिव सरुवा हुनबाट रोकिएको, गाविस सचिवले नेपालमा भएका सबै मन्त्रालयको काम गर्न बाध्य हुनपरेको, प्राविधिक, प्रशासनिक, न्यायिक, पञ्जिकाधिकारी र लेखापालको समेत काम गाविस सचिवबाटै गर्नु परेको, गाविस सचिवकै हातबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा जोखिम बढ्दै गएको गाविस सचिवहरुको गुनासो छ ।
गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालका बरिष्ठ उपाध्यक्ष एकनारायण काफ्ले भने, गाविस सचिवलाई कि त सरुवा हुने बाटो खुल्ला गरिदिनुपर्छ कि त कर्मचारी समायोजन हुँदा एक तह बृद्धि गर्नुपर्छ ।
कर्मचारी समायोजनमा एक तह बढुवा र गाविस सचिवलाई एक तह बढुवा नभए भूकम्पसँग सम्बन्धि सम्झौता रोकिन सक्ने, दुई गाविसको जिम्मेवारी नलिने, गाउँ परिषद् नहुने र अध्यक्षको जिम्मेवारी नगर्ने अवस्थामा गाविस सचिव पुगेको उनले स्पष्ट गरे ।
यसका लागि गाविस सचिवहरुले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीलाई समेत ध्यानाकर्षण गराइसकेका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डेले स्थानीय तहमा कर्मचारी समायोजनका लागि एक कार्यदल बनेको र अहिले उक्त कार्यदलले काम गरिरहेकाले कर्मचारीको एक तह बढुवका बारेमा अहिले नै केही भन्न नसकिने बताए ।
गाविस सचिवको समस्या र माग प्रति भने मन्त्रालय सकारात्मक रहेको भन्दै उनले अहिले गाविस सचिवले तल्लो निकायमा रहेर काम गर्नुपर्ने हुँदा त्यहाँ राम्रा र नराम्रो दुबै पक्षको गाविस सचिवले समाना गर्नुपर्ने उनले बताए । मन्त्रालयका अनुसार अहिले देशभर गरी करिब ३५० गाविस सचिव रिक्त रहेका र उक्त गाविसमा नजिकै रहेका गाविसमा कार्यरत सचिवले काम गर्दै आएका छन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *