पीडित किसानले क्षतिपुर्ती पाएपछि बोडे मुलपानी सडक खण्ड निमार्ण सुरु ।
असोज ४ गतेको वाढीले रिटेनिङ वाल भत्कंदा बोडे मुलापनी सडक खण्डमा १५ रोपनी जग्गाको नगदेवाली क्षती भएपछि सडक निर्माण कार्य किसानहरुले अवरुछ पारेका थिए । उनीहरुले आफ्नो जमीनमा रोपको नगदे बाली साग र गाँजरी क्षती भएको भन्दै क्षती पूर्तीको माग गर्दै उक्त सडक निमार्ण कार्य रोकेका थिए ।
लामो समय सम्म पनि ब्यस्त सडक मार्ग निमार्ण हुन नसकेपछि उक्त सडक निमार्णको जिम्मा पाएको सन्तोषि पि आर जे भी कम्पनी आंशिंक क्षती पुर्ती बापत ६ लाख उपलब्ध गराएपछि सडक निमार्ण कार्यले सुचारु पाएको छ ।
सोमबार भक्तपुर प्रशासन कार्यलमा सरोकारावला एघार पिडित किसान जिल्ला प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेल, स्थानिय राजनितिक दलका प्रतिनिधि र डिभिजन सडक कार्यलय प्रमुख गुरु प्रसाद अधिकारी को रोहवरमा उक्त सडक जिम्मा पाएको कम्पनीलका प्रतिनिधिले ६ लाए नगद हस्तान्तरण गरेको छ ।
े रिटेनिङ वाल भत्कंदा सो क्षेत्रमा लगाएको ३७ लाख ५० हजारको नगदे बालीक्षती भएको जिल्ला कृषि विकास कार्यलयको प्राबिधिक टोलीको प्रतिवेदन पश्चात क्षती पुर्ती बापत पहिलो किस्तामा ६ लाख उपलब्ध गराउने र कम्पनीको बिमाबाट आउने रकमा पश्चात बाँकि क्षती पुर्ती उपलब्ध गराउने सहमती भएको छ ।
२ किमी सडक खण्ड निमार्णको जिम्मा लिएको सन्तोषि पि आर जे भी कम्पनीले २ बर्ष भित्र कामा सम्मपन्न गर्ने गरि ठेक्का लिएको उक्त कम्मपनीका प्रतिनिधि सुजित सिंह महर्जन ले जानकार दिए । उनले उक्त सडक निमार्णको कूल लागत १० करोड रहेको बताए ।