बैरेनीमा दुईवटा ट्रक ठोक्किँदा एकको मृत्यु
काठमाडौं, ११ पुस । धादिङको बैरेनी–८ मा दुईवटा ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । त्यस्तै सो दुर्घटनामा तीन जना घाइते भएका छन् ।
चितवनबाट काठमाडौंका लागि छुटेको लु १ ख ९५८७ नम्बरको ट्रकसँग ठोक्किएको ना ६ ख १११० नम्बरको ट्रकका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेको सनाखत भएको छैन । घाइते तीन जनाको स्टार अस्पताल सानेपामा उपचार भइरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
