किङ्गमा के छ ?, दोश्रो ट्रेलर हेर्नुस्

भक्तपुर न्यूज

१० पुष २०७३ ९:२०

किङ्गमा के छ ?, दोश्रो ट्रेलर हेर्नुस्

काठमाडौं, १० पुस । सविर श्रेष्ठ निर्देशित फिल्म किङ्गको दोश्रो ट्रेलर रिलिज भएको छ । किङ्गमा एक्सन स्टार निखिल उप्रेतीको मुख्य भूमिका रहेको छ भने सिनेमामा उनीसंगै बेनिशा हमाल अनि अर्का अभिनेता अनुप बिक्रम शाही लिड रोलमा छन् । दोश्रो ट्रेलर रिलिज संगै फिल्मको नयाँ रिलिज मिती समेत घोषणा गरिएको छ । यसअघि पौष २९ गतेलाई रिलिज मिति तोकिएको किंगको रिलिज एक दिन अघि सारिएको छ । अब पौष २८ गते किंग प्रर्दशनमा आउने निर्माता जयन श्रेष्ठले जानकारी दिएका छन् ।
सार्बजनिक ट्रेलरमा निखिलका आकर्षक एक्सनका दृश्यहरु संगै, प्रेम रोमान्स जस्ता रसहरु देखाईएको छ । अन्य सिनेमा भन्दा यो फिल्ममा निखिललाई फरक देखीएको छ उनि हल्का खैरो कपाल अनि जुँगा पालेको लुक्समा छन् । अनुपको एन्ग्री लुक्स संगै आकर्षक डाइलग पनि समाबेस छ । यो सिनेमाको मेकिंग स्थरिय देखिन्छ भने राम्रो प्रतिफल आउने आशा समेत गर्न सकिन्छ ।
जे.एस. इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्म पुराना फिल्म निर्माता जगन श्रेष्ठको प्रस्तुतिमा जयन श्रेष्ठले निर्माण गरेका हुन् । झन्डै करोड माथीको बजेटमा निर्माण भएको यो सिनेमाको मेकिंग र हरेक पक्ष बाट राम्रो बनाउन आफुले मेहनत गरेको निर्माता श्रेष्ठले बताएका छन् । काठमाडौं, लुम्बिनी तथा नगरकोट लगायतका स्थानमा सिनेमाको छायांकन गरिएको छ । फिल्ममा रोशन श्रेष्ठको एक्सन ,दिनेश सुनाम र वसन्त सापकोटाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा सञ्जय लामाले सिनेमाट्रोग्राफी रहेको छ।

भिडियो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *