उडेको केही समयपछि नै रुसी विमान बेपत्ता
एजेन्सी, १० पुस । उडेको केही समयमै रुसी विमान राडारबाट सम्पर्क बिहीन भएको छ । करिब सयजना यात्रु बोकेको रसियन विमान उडेको केही मिनेटमै ‘ब्ल्याक सी’ मा बेपत्ता भएको हो ।
रसियन समाचारमाध्यमहरूका अनुसार सो टीयु–१५४ विमान उडेको २० मिनेटपछि राडारसँग सम्पर्क विच्छेद भएको थियो । विमानमा ७० देखि सयजना यात्रु भएको बताइएको छ ।
स्थानीय समयअनुसार बिहान ५ बजेर २० मिनेटमा सो विमान उडेको थियो । सुरक्षा अधिकारीहरूका अनुसार सो विमान रसियाको रक्षा मन्त्रालयको रहेको र त्यसमा ९१ जना रसियन सैनिक थिए ।
सम्पकैविहीन रहेको विमानको खोजी कार्य जारी रहेको रसियाली प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३