गाई मारेको विरोधमा सुदूरपश्चिम बन्द
बझाङ, १० पुस । गाई मारेको विरोधमा सुदुपश्चिमका जिल्लाहरु बन्द भएका छन् । बन्दका कारण आज सुदूरपश्चिमका जिल्लामा बिहानैदेखि सवारी आवात जावत देखिदैन भने बजार पनि बन्द भएको छ । गाई मारेर फालेको विरोधमा हिन्दुवादी संगठनले बन्द आह्वान गरेका हुन् ।
गत मंगलबार कैलालीको गोदावरी वनमा २५ वटा गाईगोरु मृत अवस्थामा भेटिएको थियो । यही घटनाको विरोधमा बन्द गरिएको हिन्दु राष्ट्र संरक्षण संर्घष समितिका संयोजक हरि रेग्मीले बताएका छन् ।
कञ्चनपुरको बेदकोट नगरपालिकाले छाडा गाइगोरु व्यवस्थापन गर्ने भन्दै उक्त गाईगोरुहरु गोदावरी पु¥याएको स्वीकार गरेको छ । घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्नु पर्ने बन्दकर्ताको माग छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३