कुलमानले गरे ८० मेगावाट बिजुली खरिद सम्झौता

भक्तपुर न्यूज

८ पुष २०७३ १५:३७

कुलमानले गरे ८० मेगावाट बिजुली खरिद सम्झौता

८ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ दिल्ली पुगेर ८० मेगावाट विजुली खरिद सम्झौतामा हस्ताक्षर गरेका छन् ।

काठमाडौं ८ पुष । विद्युत खरीद सम्झौता (पीपीए)मा बुधबार हस्ताक्षर गरेर घिसिङ बिहीबार काठमाडौं फर्किएका हुन् । सम्झौताअनुसार मुजफ्फरपुर-ढल्केबर प्रसारण लाइनमार्फत् नेपालले थप ८० मेगावाट विजुली प्राप्त गर्ने छ ।

यसबारे नयाँदिल्लीमा बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको एनभीभीएन विद्युत विकास निगमका प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गवीच हस्ताक्षर भएको हो । सम्झौता अनुसार ढल्केबरबाट नेपालले हाल ८० मेगावाट पाउने छ भने फेब्रुअरीदेखि १६० मेगावाट बिजुली नेपालले खरिद गर्नेछ । नेपालमा विद्युत दिन सहज गराउने उद्देश्यले भारतले मुजफ्फरपुरमा १ सय एमबीएको ट्रान्सफर्मर थपेको छ ।

बुधबार गरिएको पीपीएका सम्बन्धमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले  भने, यो नयाँ सम्झौता भन्दा पनि पहिलेकै पीपीएको निरन्तरता हो । नेपालले भारतसँग गरेको विद्युत खरीद सम्झौता पीपीएको म्याल सकिन लागेकाले त्यसको म्याद थप गरिएको प्राधिकरण स्रोतले बतायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *