सहमती नै निकासको मार्ग : सभामुख

भक्तपुर न्यूज

८ पुष २०७३ ८:५६

सहमती नै निकासको मार्ग : सभामुख

भक्तपुर ८ पुष । सभामुख ओनसरी घर्ती मगरले संबिधान संसोधनले उब्जायको राजनीतिक गतिरोध संसोधनको अन्तर बस्तु बुझ्दै सहमती गरे हल निस्कने बताएकी छिन् ।
मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा नेपालमा नै पहिलो पटक सफल कलेजो प्रत्यारोपण गरेका वलराम नागाजुसँगको भेटपश्चात घर्तीले संचारकर्मीसँग कुरा गर्दै संसोधनका बारे संसदमा प्रतिपक्ष दलको भूमिका कस्तो रहने हो भन्ने तर्फ सबैको ध्यान गइरहेका बेला  सहमतीको राजनीतिक वातावरण तयार गर्दै अगाडी बढे सकारात्मक निकास निकाल्ने र सहमतीनै निकासको अन्तिम माध्यम भएको बताइन् ।
उनले संसदमा प्रतिपक्ष दलले संसद सुचारुको वातावरण बनाउँदै संसोधनका लागि रहेका तीन बिकल्पको प्रयोग गदैै तीनै तहको निर्वाचनका लागि सहज मार्ग खोल्नु पर्नेमा जोड दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *