अमेरिकाले परमाणु हतियार बढाउनु पर्ने ट्रम्पको भनाई

भक्तपुर न्यूज

८ पुष २०७३ ४:४६

अमेरिकाले परमाणु हतियार बढाउनु पर्ने ट्रम्पको भनाई

एजेन्सी, ८ पुस । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले अमेरीकाले आफ्नो परमाणु हतियारको संख्या र क्षमता विस्तार गर्नु पर्ने बताए । विश्वलाई परमाणु हतियारको बारेमा राम्रो जानकारी नभएसम्म अमेरिकाले आफ्नो परमाणु क्षमता विस्तारित तथा बलियो बनाउनु पर्ने ट्रम्पको भनाई छ ।
आउँदो जनवरीमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने तयारीमा रहेका ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनाको परमाणु क्षमता बढाउनु पर्ने बताएको केही समय लगतै अमेरिकाले पनि आणविक क्षमता विस्तारित गर्नु पर्ने बताएका हुन । अमेरिकाको हतियार नियन्त्रण एशोसिएशनका अनुसार अमेरिकासँग सात हजार एक सय तथा रुससँग सात हजार तीन सय परमाणु हतियार छ ।
ट्रम्पले ट्वीट मार्फत परमाणु क्षमता विस्तारित तथा बलियो बनाउनु पर्ने बताए पनि उनका प्रवक्ताले भने ट्रम्पले परमाणु हतियारको प्रसार नियन्त्रित गर्नु पर्नेमा जोड दिएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *