सातौं राष्टिय खेलकुद प्रतियोगिता आजबाट सुरु हुदैं

भक्तपुर न्यूज

८ पुष २०७३ ४:३१

सातौं राष्टिय खेलकुद प्रतियोगिता आजबाट सुरु हुदैं

काठमाडौं, ८ पुस । सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता विराटनगरमा आजबाट सुरु हुदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको विराटनगरको सहिद रङ्गशालामा एक भव्य समारोहबिच उद्घाटन गर्नुहुने कार्यक्रम छ । पूर्वाञ्चलमा खेलकुद सातौ, विविधतामा रमाएर बाँचौ भन्ने नाराका साथ सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन विराटनगर स्थित सहिद रंगशालामा अपरान्ह ३ बजे पछि हुने छ ।
एक हप्तासम्म हुने प्रतियोगितामा विभिन्न ३५ खेलमा २९४ स्वर्ण, २९४ रजत र ४४७ कास्य गरी एक हजार ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ । पदका लागि तीन हजार ९७२ जना खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । पूर्वाञ्चलको मोरङ, सुनसरी, झापा, धनकुटा, सिराह, सप्तरी र उदयपुरमा प्रतियोगिताको विभिन्न खेल हुने छन् ।
प्रतियोगितामा ३५ खेल समावेश गरिए पनि पूर्वाञ्चलमा ३० खेल मात्र हुने बताइएको छ । अन्य ५ खेल मध्य एक खेल पोखरामा र बाँकी ४ खेल राजधानीका हुने निर्णय गरिएको छ ।
प्रतियोगितामा सहभागी हुन खेलाडी र प्रशिक्षकलगायत विराटनगर आउनेक्रम जारी रहेको र सबै तयारी पूरा भइसकेको आयोजक समितिले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *