पूर्वी पहाडी क्षेत्रमा आज पानी पर्ने सम्भावना

भक्तपुर न्यूज

८ पुष २०७३ ४:२२

पूर्वी पहाडी क्षेत्रमा आज पानी पर्ने सम्भावना

काठमाडौं, ८ पुस । पूर्वी पहाडी क्षेत्रको एक दुई ठाउँमा आज हल्का पानी पर्ने मौसमविदले अनुमान गरेका छन् । पूर्वमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले पूर्वी पहाडी क्षेत्रको एक दुई ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको मौसमविद सुजन सुवेदीले जानकारी दिएका छन् ।
केही दिनमा पश्चिमी वायु नेपाल भित्रने संकेत देखिएकाले मौसम बदली भइ देशभर चिसो अझै बढ्ने संभावना छ । अहिले देशका धेरै ठाउँको मौसम बदली भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *