किसुनजीको ९३ औँ जन्मजयन्ती मनाईंदै

भक्तपुर न्यूज

८ पुष २०७३ ४:१७

किसुनजीको ९३ औँ जन्मजयन्ती मनाईंदै

काठमाडौं, ८ पुस । नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९३ औँ जन्मजयन्ती आज मनाईंदैछ । भट्टराईको जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस तथा भातृ संगठनहरुले आज विभिन्न कार्यक्रमको आयोजना समेत गरेका छन् । ललितपुरको बाँडे गाउँमा रहेको आश्रममा उनको सम्झनामा विशेष कार्यक्रम हुँदैछ । दिउसो १ बजे पछि हुने कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेपाली राजनीतिमा निष्ठा र इमान्दारीताको पर्यायका रुपमा चिनिने सन्त नेता भट्टराईको जन्म सन् १९२४ मा भारतको बनारसमा भएको थियो । सन्त नेता भट्टराईले २००७ सालको राणा विरोधी आन्दोलन २०४६ सालको जनआन्दोलन लगायतका मुलुकको महत्वपूर्ण परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
२०४७ बैशाख ६ गते गठित अन्तरिम सरकार र २०५६ सालको निर्वाचनपछि गरी उनी दुई पटक मुलुकको प्रधानमन्त्री बनेका थिए । २०४७ सालको संविधान निर्माण र छोटो संक्रमणका बीचमा तत्कालीन शक्तिहरुबीच समन्वय कायम गरी मुलुकलाई अस्थीरताबाट विकासको बाटोमा लैजान उनी सफल भएका थिए । उनको निधन २०६७ साल फागुन २० गते निधन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *