कांग्रेस जिल्ला कोषाध्यक्षहरुको सम्मेलन आजबाट सुरु हुदै
काठमाडौं, पुस ८ । नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको प्रथम राष्ट्रिय सम्मेलन आजबाट राजधानीमा सुरु हुदै छ । कांग्रेसका सन्तनेता कृष्णप्रसाद भट्टराईको ९३ औं जन्म जयन्तीको अवसर पारेर काग्रेसले आज सम्मेलनको आयोजना गर्न लागेको हो । राष्ट्रिय सभागृहमा सुरु हुने सम्मेलनको काग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
दुईदिने सम्मेलनमा राजनैतिक दलहरुले आर्थिक व्यवस्थापनका लागि गर्ने चन्दा संकलन अभियानको भय ,त्रासबाट मुक्त गर्ने उपाय ,आयव्ययको पारदर्शीताको सार्वजनिकरण गर्ने व्यवस्था लगायतका बिषयमा छलफल गरिने छ ।
यस्तै सम्मेलनले अन्य लोकतान्त्रिक मुलुकमा जस्तै राजनितिक दललाई न्युनतम आर्थिक सहयोगको व्यावस्था गर्न आवश्यक पहल गर्न राज्यको ध्यानाकर्षण गर्ने जनाईएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
८ वैशाख २०८२ १४:०८
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
८ वैशाख २०८२ १४:२४
सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षमा निधन
९ वैशाख २०८२ १७:१०