इतोइगवामा भीषण आगलागीमा १४० घर नष्ट

भक्तपुर न्यूज

७ पुष २०७३ ११:४०

इतोइगवामा भीषण आगलागीमा १४० घर नष्ट

एजेन्सी, ७ पुस । जापानको सिगाइचीमा भीषण आगलागी भएको छ । टोकियो–निगाता प्रान्तको इतोइगावा सिटीमा भएको सो आगलागीका कारण अहिलेसम्म १४० भन्दा बढी घरहरु जलेर नष्ट भएका छन् । दुई महिला सामान्य घाइते भएका छन् ।
आज बिहान १० बजेतिर एक चिनीया रेष्टुरेन्टबाट सो आगो फैलिएको थियो । आगो नियन्त्रणका लागि १७ वटा दमकल तथा सयौं सुरक्षाकर्मी परिचालितत छन् । कडा हावाहुरीले गर्दा आगो नियन्त्रणमा लिन गाह्रो भैरहेको जापानी संचार माध्यमले जनाएका छन् ।
साढे तीनसयभन्दा बढी घरहरु रहेको सो क्षेत्रमा ७ सय ४४ बढी नागरिकहरुलाई सुरक्षितत क्षेत्रमाा जान सरकारले अनुरोध गरेको छ । अहिले सो क्षेत्रमा विद्युत सेवा अबरुद्ध छ । धुवाँको मुस्लोले आकाश पूरै ढाकेको छ ।
निगाता प्रदेशका गभर्नर रुइची योनियामले आगलागी नियन्त्रणका लागि सैन्य सहाताका लागि सरकारलाई अनुरोध गरेको जापान सरकारको आगलागी नियन्त्रण विभागका एक अधिकारीले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *