जर्मनी प्रहरीले लरी घटनामा संलग्नको तस्वीर सार्वजनिक गरी वारेन्ट जारी गर्यो

भक्तपुर न्यूज

७ पुष २०७३ ११:३३

जर्मनी प्रहरीले लरी घटनामा संलग्नको तस्वीर सार्वजनिक गरी वारेन्ट जारी गर्यो

एजेन्सी , पुस ७ । जर्मनीको बर्लिन शहरस्थित एक व्यस्त बजारमा जथाभावी लरी चलाई १२ जनाको ज्यान लिएको घटनामा संलग्न संदिग्धको तस्बीर प्रहरीले सार्वजनिक गरी वारेन्ट जारी गरेको छ । ट्युनिशियाका अनिश नाम गरेका एक व्यात्तिको आज प्रहरीले तस्वीर सार्वजनिक गरेको हो । उनले सन् २०१२ मा इटली सन् २०१५ मा जर्मनी प्रवेश गरेको अनुसन्धानबाट खुलेको छ ।
जर्मनीमा शरणका लागि निवेदन दिएका अनिशको नाममा रहेको रेसिडेन्स पर्मिट लरीमा भेटिएपछि घटनामा उनको संलग्नताको खुलासा भएको बिबिसिले जनाएके छ । उनले लरी चालक पोलिस नागरिक ल्यकाज उर्बानको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।
यसै साता जर्मनीको बर्लिनको क्रिसमस बजारमा जथाभावी लरी चलाउँदा १२ जना मारिनुका साथै ४८ जना घाइते भएका थिए । घटनाको जिम्मेवारी इस्लामिक अतिवादी समूह आईएसले लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *