ढुंगानाको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन

भक्तपुर न्यूज

७ पुष २०७३ ११:२९

ढुंगानाको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन

काठमाडौँ, ७ पुस । संसदको राज्य व्यवस्था समिति समितिको आज बसेको बैठकले निर्वाचनसम्बन्धी विधेयकहरुमा छलफल गरी सुझाव दिन ११ सदस्यीय उपसमिति गठन गरेको छ ।
उपसमितिमा आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा इश्वरी न्यौपाने, गंगालाल तुलाधर, धर्मेन्द्र कुमार साह तेली, प्रेम सुवाल, मानप्रसाद खत्री, रामकृष्ण यादव, रामेश्वर फुयाल, रेखा शर्मा, विक्रम बहादुर थापा र सन्तकुमार दरै सदस्य छन् ।
उपसमितिलाई १५ दिन भित्र विधेयकमाथि छलफल गरी समितिमा निष्कर्ष पेश गर्ने कार्यादेश दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *