दाङमा बस दुर्घटना हुदाँ तीन जनाको मृत्यु
काठमाडौं, ७ पुस । दाङमा आज बस दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सतबरीया गाविसका कृष्ण शाही, सौडीयार गाविसका ६० बर्षीय चित्रबहादुर श्रेष्ठ र प्यूठान खालागाउँका ३८ बर्षीय देउरी विक रहेको प्रहरीले जानकारी दिएको छ ।
आज मध्यान्ह करिब १२ बजेतिर घोराहीबाट बुटबल जाँदै गरेको लु २ ख ७७६ नम्बरको बस लमही–घोराही सडकखण्डको लक्ष्मीपुर १ मुसोट खोलाको उकालोमा दुर्घटना भएको हो । दुर्घटनाग्रस्त बस सडकबाट एक सय मिटर तल खसेको छ ।
दुर्घटनामा परी घाइते भएका दुई जनाको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । अन्य एकजनाको भने स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो । दुर्घटनामा परी अन्य २४ जना घाइते भएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
७ चैत २०८१ १३:३४
विद्युत् आपूर्तिका लागि भारतसँग पहल जारी : परराष्ट्रमन्त्री
७ चैत २०८१ १३:२३
आज शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट
७ चैत २०८१ १३:२७