फिफा वरियतामा नेपाल यथास्थानमै कायम
काठमाडौं, ७ पुस । विश्व फुटबलको नियमनकारी निकाय फिफाले आज जारी गरेको नयाँ वरियतामा नेपाल १ सय ८१ औं स्थानमा रहेको छ । फिफाले सार्वजनिक गरेको विश्ववरियता क्रममा यो पटक नेपाल यथास्थानमा कायम रहेको छ ।
त्यस्तै, बंगलादेश दु्ई स्थान तल झर्दै १८५ औं स्थानमा छ भने श्रीलंका १९५ औं र पाकिस्तान १९७ औं स्थानमा कायमै छन् । दक्षिण एसियाली देशहरुको शीर्ष स्थानमा भारत छ । दुई स्थान माथि उक्लिएको भारत १३५ औं स्थानमा छ भने एक स्थान माथि उक्लिएको अफगानिस्तान १४६ औं स्थानमा छ । माल्दिभ्स १५४ औं स्थानमा कायमै छ भने भुटान एक स्थान तल झरेर १७७ औं स्थानमा पुगेको छ ।
विश्व वरियताको शीर्ष स्थानमा अर्जेन्टिना कायमै छ । वरियताको २८ नम्बरसम्म कुनै परिर्वतन भएको छैन । ब्राजिल दोस्रो, जर्मनी तेस्रो, चिली चौथो र बेल्जियम पाँचौं स्थानमा छ । फ्रान्स सातौं स्थानमा छ ।