भक्तपुरमा पिडितका लागि आश्वासन बन्यो अनुदान सम्झौता रकम
भक्तपुर । भक्तपुरका भूकम्प पीडितहरुले सरकारसँग अनुदान सम्झौता गरे पनि खातामा अझै पनि रकम नआउँदा घर बनाउन सकेका छैनन् । सरकारको चरम लापरवाहिकै कारण भक्तपुरका भुकम्प पिडितले सम्झौतापछि पनि रकम पाउन नसकेका हुन् । सरकारले अनुदान सम्झौता भएको एक साताभित्र लाभग्राहीको खातामा रकम जम्मा हुने भनेको थियो तर भक्तपुरका हकमा भने एक महिना बित्न लाग्दा समेत लाभग्राहीको खातामा रकम जम्मा नहुँदा पीडितले घर निर्माण गर्न नसकेका हुन ।
भक्तपुरमा ३३ हजार तीन सय भूकम्प पीडित भए पनि लाभाग्राही भने २६ हजार २६ जनाको नाम मात्र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले प्रकाशन गरेको तथ्याँकले जनाएको छ । भक्तपुरमा अधिकांश भूकम्प पीडितले सरकारसँग अनुदान सम्झौंता गरेको लामो समय सम्म रकम आफ्नो खातामा जम्मा नभएपछि अन्यौलता छाएको उनीहरु गुनासो पोख्छन् । भक्तपुर ब्यासीका राम सुवाल भन्छन्, अनुदान रकमको पर्खाइमा बस्दा बस्दै निरासा नै छाईसक्यो पिडितहरुको टहरोमा । उनी भन्छन् रकम खातामा जम्मा नहुँदा निमार्ण गरिरहेको घर रोक्नु परेको छ भने नयाँ निर्माण गर्ने हरुको आशमै मात्र भवन निमार्ण सिमित बनेको छ ।
भक्तपुर अनन्त लिङ्गेश्वर नगरपालिका वडा नं. १० का भूकम्प पीडित ममता राउत अनुदान सम्झौता भयो तर खातामा रकम जम्मा नभएकाले घर निर्माण गर्न नसकिएको पीडा व्यक्त गर्छिन् । अब कहिले पैंसा आउला र घर निर्माण गरौंला भनेर पीडितहरु बसेका छन उनले भनीन् । आज बंैकको खातामा हे¥यों पैसा आएको छैन, भोली हे¥यो. पैसा आउँदैन पीडितहरु खाता कहिले पैसा आउँछ भनेर पर्खेर बसेका छन ।
भक्तपुरका स्थानीय विकास अधिकार धु्रवप्रसाद कोइराला भन्छन् पहिला रकम आएको थियो तर त्यो गलत शिर्षक झुकियर आएछ जसकारण पनि केहि ढिला हुन पुगेको हो । उनी भन्छन् छिट्टै सम्झौता गरिएको अनुदान रकम पिडितहरुको खातामा आउँछ । अब भूकम्प पीडितले रकम प्राप्त गर्ने दिन धेरै टाढा छैन । खाता खोलेका लाभग्राहीले सजिलैसँग रकम प्राप्त गर्न सक्ने उनी बताउँछ ।
जे जसो भएता पनि यती बेला भुकम्प पिडितहरु सम्झौता गरिएको अनुदान रकमको पर्खाइमा छन् भने सरकारले सम्झौता गरिसकेपछि बैंक खातामा तोकको समयमा जसरी रकम जम्मा हुन्छ भनी आश्वासन दिएको थियो तोकियको समय भन्दा पनि महिनौ बिति सक्दा रकम खातामा जम्मा नभएपछि यती बेला सरकारले कतै पिडितहरुलाई लाली पप त देखाएको होइन् भन्ने चर्चा पिडितहरु माझ चलेको छ ।