आइएससँगको युद्धमा १४ टर्कीस सैनिक मारिए
एजेन्सी, ७ पुस । सिरियामा अतिवादी इस्लामिक संगठन आइएससँग भएको पछिल्लो संघर्षमा आफ्ना १४ सैनिक मारिएको टर्कीले जनाएको छ । टर्की नजिकको अल बब शहरमा भएको संघर्षमा उनीहरु मारिएको टर्कीले जनाएको हो । अल बब शहरलाई विद्रोहीको नियन्त्रणबाट मुक्त गराउन टर्कीले सघाइरहेको छ । अरु ३३ सैनिक घाइते भएका छन् ।
आइएसविरुद्ध अगष्टमा सैनिक कारवाहीमा उत्रिए यता एकै दिनमा यति धेरै आफ्ना सैनिक मारिएको टर्कीले जनाएको छ । आइएस लडाकूले बहुआत्मघाती बम प्रयोग गरेको घटनामा आइएसका भने १३८ लडाकू मारिएको पनि सैनिकले जनाएको छ । उता एलेप्पो शहर भने पूर्ण रुपमा सरकारी नियन्त्रण आएको छ । अबको गर या मरको संघर्ष भने अब बाब शहरमा केन्द्रित रहेको सिरियन सरकारले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२४ भदौ २०८१ ९:३४
भक्तपुरमा साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने
२० भदौ २०८१ १०:४७
भक्तपुरमा बलात्कार आरोपमा २९ वर्षीय युवक पक्राउ
२१ भदौ २०८१ ११:०७
तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्टविरुद्ध नेपाल ५ विकेटले पराजित
२१ भदौ २०८१ ८:१६
तीजको अवसरमा भक्तपुरका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीको भीड
२१ भदौ २०८१ ५:५४