अफगानिस्तानमा सांसदको घरमा आक्रमण
एजेन्सी, ७ पुस । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक सांसदको घरमा आक्रमण भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार आक्रमणमा २ बच्चा सहित ५ जनाको मृत्यु भएको छ ।
तीन जना बन्दुकधारीले हेलमन्द प्रान्तका सांसद मिर वलीको घरमा आक्रमण गरेका हुन् । सांसद वली घरबाट सुरक्षित निस्किएका छन् । आक्रमणमा केही मानिस घाइते भएका छन् । तालिबानले आक्रमणको जिम्मेवारी लिएको छ । सन् २०१४ मा अफगानिस्तानबाट अन्तर्राष्ट्रिय सेना फिर्ता भएपछि हेलमन्द प्रान्तका धेरै क्षेत्रमा तालिबानले दबाब कायम गर्दै आएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ असार २०८२ ११:३६
आज सुन तोलामा दुई हजार रुपैयाँ घट्यो
३ असार २०८२ ११:३७
वर्षायाममा पनि मेलम्चीको पानी नियमित वितरण गरिने
३ असार २०८२ ११:२९
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
३ असार २०८२ ११:३७
बाढीपहिरोबाट विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध
३ असार २०८२ ११:३८