लाइपजीगमाथि बार्यन म्युनिखको जित

भक्तपुर न्यूज

७ पुष २०७३ ५:४४

लाइपजीगमाथि बार्यन म्युनिखको जित

एजेन्सी, ७ पुस । बार्यन म्युनिखले बुन्डेसलिगामा आरबी लाइपजीगमाथि महत्वपूर्ण जित हात पारेको छ । विन्टर ब्रेक अगाडि ३ अंकको प्रष्ट अग्रता लिएको छ । गएराति भएको खेलमा बार्यन म्युनिखले १० खेलाडीमा सिमित लाइपजीगलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा बार्यनले १७ औं मिनेटमा थिएगोको गोलबाट अग्रता लिएको थियो । २५ औं मिनेटमा जाभी एलोन्सोले गोल गर्दै बार्यनको अग्रता दोब्बर पारे । खेलको ३० औं मिनेटमा नै फोसबर्गले रातो कार्ड पाए र १० खेलाडीमा सिमित हुन पुग्यो । ४५ औं मिनेटमा पाएको पेनाल्टीमा रोबर्ट लेभान्डोस्कीले गोल गर्दै बार्यन म्युनिखले ३–० को अग्रता लियो । दोस्रो हाफमा लेभान्डोस्कीको दुई गोल गर्ने प्रयासलाई असफल पारेको लाइपजीगले थप गोल हुन दिएन ।
बुन्डेसलिगामा यसै सिजन डेब्यू गरेको लाइपजीगले अहिलेसम्म दुई खेल मात्र गुमाएको छ । सन् २००९ मा रेडबुलले एसएसभी मार्करान्सटार्डको लाइसेन्स लिएपछि नाम परिर्वतन ग¥यो र लाइपजीगले ७ वर्षमा ठूलो फड्को मार्दै शीर्ष क्लबलाई चुनौती दिएको छ ।
राल्फ हजनहटलको प्रशिक्षणमा रहेको लाइपजीगले गत सिजनको उपविजेता बोरुसिया डर्टमुन्डमाथि सहित ११ माथि जित हात पारेको छ । र, १६ खेलबाट ३६ अंकसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानको बार्यनको ३९ अंक भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *