भक्तपुरमा दुई बिप्लव कार्यकर्ता पक्राउ
भक्तपुर, ७ पुस । पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धि फिर्ताको माग गर्दै बिप्लब माओवादीले गरेको आजको बन्द आह्वानमा भक्तपुरबाट बिप्लब माओबादीका दुई कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अखिल नेपाल ट्रेड युनियन भक्तपुर जिल्ला अध्यक्ष युवराज आर्चाय र ट्रेड युनियनका केन्द्रिय सदस्य बिक्रम आर्चायलाई महानगरिय प्रहरी वृत्त जगातीले सूृर्यबिनायकबाट नियन्त्रणमा लिएको हो ।
यस्तै, उपत्यका बन्दका क्रममा काठमाण्डौको बिभिन्न स्थानबाट नेकपा माओवादीका ११ जना नेता कार्यकर्ता पक्राउ परेका छन । पेट्रोलिय पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ताको माग गर्दै आह्वान गरिएको बन्दका क्रममा बानेश्वर ,कोटेश्वर, गोगंबु लगायतका स्थानबाट ११ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा केन्द्रीय सचिब राम बहादुर बिक, उपत्यका संयोजक लोकेश बिक, केन्द्रीय सदस्य केसब सन्जेल , क्यापस जिल्ला कोषाध्यक्ष कृष्ण सेवा र ctevt उपत्यका जिल्लाका कोषाध्यक्ष प्रज्वल शाहीलाई गिरफ्तार गरेको छ ।