प्रर्दशन अघि नै आमिरको दंगलले लग्यो नेपालबाट ४ करोड
काठमाडौं, ६ पुस । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको आमिर खानको फिल्म दंगलको नेपालमा प्रदर्शन गर्ने अधिकार ल्याएको गोपीकृष्ण मुभिजले अग्रिमरूपमा ४ करोड बुझाएको छ । आमिरले संसारभर फिल्म वितरकलाई कमिशनमा बिक्री गरेपछि नेपालमा पनि दंगल कमिशनको सर्तमा भित्रिएको हो । गोपीकृष्णका लागि फिल्म किन्दै आएका निरज पौडेलले आंमिरको दंगलका लागि तिरिएको उक्त रकम कुनै पनि बलिउड फिल्मका लागि तिरिएको हाल सम्मकै सर्वाधिक रकम हो । यसपटक आमिरले सबैतिर फिल्म फिक्समा नबेची कमिशनमा बेचेका छन् । त्यही अनुरूप हामीले पनि कमिशनमा फिल्म नेपाल ल्याएका पौडेलले जनाएका छन् ।
भारतिय कुस्तीवाज महाबिर सिंहको जीवनीमा आधारित फिल्मलाई लिएर आमिरमा रहेको आत्मविश्वासका कारण आमिरले खतरा मोल्दै फिल्म कमिशनमा दिएका हुन् ।
यस अनुसार दंगलबाट आर्जित मुनाफाको १० प्रतिशत वितरकले पाउने छन् । निरजका अनुसार फिल्मले आमिरको पछिल्लो रिलिज पिकेको ६ करोडको कमाइलाई उछिन्ने आशा रहेको बताए । मल्टिप्लेक्समा भएको आक्रमक बुकिङले यसको संकेत गरेको जानकारी दिए ।