आज पनि प्रतितोला ५२ हजारमा सुनको कारोबार
काठमाडौं, ६ पुस । आज पनि सुनको मूल्य स्थिर रहेको छ । हिजो ५२ हजार रुपैयाँ कारोबार भएको सुन आज पनि प्रतितोला ५२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्यमा भने ५ रुपैयाँले बढेको छ । हिजो प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर ७ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
