धुर्मस सुन्तलीले महोत्तरीमा मुसहर नमुना बस्ती बनाउने घोषणा

भक्तपुर न्यूज

६ पुष २०७३ ७:२२

धुर्मस सुन्तलीले महोत्तरीमा मुसहर नमुना बस्ती बनाउने घोषणा

काठमाडौं, ६ पुस । हाँस्य कलाकार जोडी सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले तेश्रो एकीकृत बस्ती निर्माण गर्ने घोषणा गर्नुभएको छ । एक भिडियो सन्देश जारी गर्दै धुर्मस सुन्तली फाउन्डेसनले बर्दिबास– २, महोत्तरीमा एकिकृत नमूना मुसहर बस्ती निर्माण गर्ने घोषणा गरेका हुन् ।
यसअघि पनि फाउन्डेसनले भूकम्पपीडितका लागि काभ्रेको पहरी वस्ती तथा सिन्धुपाल्चोक गिरान्चौरमा एकीकृत नमुना वस्ती निर्माण गरेका थिए । धुर्मस सुन्तलीले मानवता र सद्भावका लागि सहकार्य गरेर साथ दिन अपील समेत गर्नुभएको छ ।
गएको वर्ष सरसफाईका क्रममा धुर्मुस सुन्तली उक्त बस्तीमा पुगेका थिए । चरम गरिबीको चपेटामा रहेका मुसहर दाउरा बेचेर जिविकोपार्जन गर्दै आएका तराइको पिछडिएको जातिमा पर्छन् । गत वर्ष धुर्मुस सुन्तलीले उक्त गाउँमा न्यानो वितरण समेत गरेका थिए । । शितलहरबाट पिल्सीएका मुसहरको दर्दनाक अवस्था देखेका उनीहरुले गएको वर्ष धुर्मुस सुन्तलीले न्यानो वितरण समेत गरेका थिए ।
गाँस, बास र कपासको समेत समस्या रहेको मुसहर बस्तीमा आफुहरु पुगेपछि अहिले निकै परिर्वतन देखा परिसकेकाले ५० परिवार मुसहरलाई उपहारस्वरुप घर प्रदान गर्न लागिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताएका छन् ।
४ करोड ७८ लाख लगानीमा निर्माण हुने बस्तीका लागि फाउण्डेशनले गिरान्चौर एकिकृत नमूना बस्ती निर्माणबाट बचेको १ करोड ३ लाख ६६ हजार ३ सय १ रुपैँया मुसहर बस्ती निर्माणका लागि खर्च गर्ने फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् ।

हेर्नुहोस् सहयोग अपिलसहितको धुर्मुस-सुन्तलीको भिडियो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *