बसले किचेर वृद्धको मृत्यु
कञ्चनपुर, ६ पुस । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा बसले किचेर आज बिहानै एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बेदकोट नगरपालिका–८ गैलनदीका ६० वर्षीय राम नाथको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ट्राफिक चोकबाट बसपार्कतर्फ गइरहेको ना ३ ख ७६९४ नम्बरको बसले नाथलाई किच्दा मृत्यु भएको हो ।
बृद्धलाई किच्ने बसका चालक फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनापछि फरार रहेका चालकको खोजी भइरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ असार २०८२ ११:३६
आज सुन तोलामा दुई हजार रुपैयाँ घट्यो
३ असार २०८२ ११:३७
वर्षायाममा पनि मेलम्चीको पानी नियमित वितरण गरिने
३ असार २०८२ ११:२९
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
३ असार २०८२ ११:३७
बाढीपहिरोबाट विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध
३ असार २०८२ ११:३८