आदिवासी जनजाति महासंघको अध्यक्षमा बराम निर्वाचित

भक्तपुर न्यूज

६ पुष २०७३ ४:२६

आदिवासी जनजाति महासंघको अध्यक्षमा बराम निर्वाचित

काठमाडौं, ६ पुस । नेपाल आदिवासी जनजाति महासंघको नयाँ नेतृत्वमा जगत बराम निर्वाचित भएका छन् । चितवनमा सम्पन्न नवौ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि एमालेका तर्फबाट उम्मेदवार बनेका सुर्य भुजेललाई ८ मतले पछि पार्दै कांग्रेस र माओवादी केन्द्रलगायत दलकोे प्यानलका उम्मेदवार बराम विजयी भएका हुन् । ५६ मतदातामध्ये बरामले ३१ र भुजेलले २३ मत प्राप्त गरेका थिए ।
महासंघको उपाध्यक्षमा किरण सुनुवार, गणेशलाल थकाली, नविन रोका, लोकबहादुर दुरा, श्यामप्रसाद मण्डल, सोनम लामा र कृष्णाकुमारी शेरचनसहित आठ जना चुनिएका छन् । यसैगरी महासचिव पदमा नित्यानन्द ताजपुरिया चुनिनु भएको छ भने सचिवहरुमा आङपाङ शेर्पा, गोपाल माझी, दानसिंह राउटे, राजकुमार बोटे र सुकविर थामी रहेका छन् । यस्तै महिला सचिवमा लाक्पा हिसे शेर्पा, शान्तिदेवी धिमाल, सुकमती राजवंशी, सोनम लामा मुगाली र श्रुतीमाया कुमाल रहेका छन् भने कोषाध्यक्षमा मुकुन्द बहादुर पहरी चुनिनु भएको छ ।
५४ वटा विभिन्न जातिय संस्थाका प्रतिनिधिले निर्वाचनमा मतदान गरेका थिए । पदीय भागभण्डमा सहमति जुट्न नसक्दा महाधिवेशन एक दिन लम्बिएको थियो । एमालेविरुद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र, संघीय समाजबादी फोरम, नयाँ शक्ति र राप्रपाको गठबन्धन रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *