तिवारी हत्याको छानविन गर्न एआईजीको संयोजकत्वमा समिति गठन
काठमाडौं, ५ पुस । नेकपा (एमाले) को भातृ संस्था युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या घटनाको छानबिनका गृह मन्त्रायलले छानबिन समिति गठन गरेको छ । मन्त्रायलले नेपाल प्रहरीका एआईजी विज्ञानराज शर्माको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिमा राष्ट्रिय अनुसन्धानका डीआईजी यादवप्रसाद रेग्मी, नेपाल प्रहरीका एसएसपी मनोज न्यौपाने र गृहमन्त्रालयका उपसचिव शिवराम जोशी सदस्य छन् । छानविन समितिलाई घटनाको अनुसन्धान गरी प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको छ ।
तिवारीको सोमबार रुपन्देहीको देवदह नगरपालिका ढेकावार कोलीयामा गोली प्रहारबाट हत्या भएको थियो । गोली प्रहार गर्ने समूहको अझै पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००