ट्रिपरको ठक्करबाट एक महिलाको मृत्यु
काठमाडौं, ५ पुस । काठमाडौंको चाबहिलमा ट्रिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मित्रपार्कबाट चावहिलतर्फ जाँदै गरेको बा ४ ख ४९२६ नम्बरको टिप्परले सडक पार गर्दै गरेकी झापा सताशीधामकी ३२ वर्षीया कला भट्टराई क्षेत्रीलाई ठक्कर दिएको थियो ।
टिप्परको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले टिप्परले भट्टराईलाई बाटो काट्ने क्रममा चाबहिलको मित्रपार्कमा ठक्कर दिएको जनाएको छ । ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३