ओली र अमेरिकी राजदूत अलाइनाको भेट

भक्तपुर न्यूज

५ पुष २०७३ ८:३०

ओली र अमेरिकी राजदूत अलाइनाको भेट

काठमाडौं, ५ पुस । पालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले प्रमुख प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष केपी ओलीलाई भेटेर संविधान संशोधन प्रस्तावको विरोध गर्नुपर्ने कारणबारे चासो राखेकी छन् । ओलीले यो नेपालको आन्तरिक विषय भएको भन्दै अनावश्यक चासो नदिन ध्यानाकर्षण गराएका छन् ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा राजदुत अलाईनाले संविधान संशोधन प्रस्तावको विरोधमा संसद अवरुद्ध भइरहेको तर्फ अध्यक्ष ओलीको ध्यानाकर्षण समेत गराइन् । संविधान संशोधन प्रस्तावको विरोधमा एमालेले निरन्तर ससंद अवरुद्ध बनाईरहेका बेला अमेरिकी राजदुत अलाईनाले विपक्ष दलका नेता ओलीसँग भैट गरेकी हुन् । भेटमा अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव जनता र राष्ट्रको हित विपरित आएकाले विरोध गर्नुपरेको बताए ।

उनले अदालतमा प्रवेश गराइएको विषयलाई सरकारले संसदमा प्रवेश गराएर अदालतको समेत मानहानी गरेको भन्दै राजदुत अलाईनाको ध्यानाकर्षण गराए । राजदुतले संविधान संशोधन प्रस्तावको विरोध गर्नुको कारणबारे चासो व्यक्त गर्नु भएको भेटमा सहभागी एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले जानकारी दिए । उनले नेपालको समस्या नेपालीहरुले नै मिलेर समाधान गर्न समक्ष रहेकोतर्फ पनि राजदुत अलाईनालाई सचेत गराइएको पनि उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *