तिवारीको हत्याको छानबिनका लागि समिति गठन गर्न माग
काठमाडौं, ५ पुस । युवा संघ नेपालले रुपन्देही सङ्घका अध्यक्ष तिवारीको हत्याको छानबिनका लागि समिति गठन गर्न सरकारसँग माग गरेको छ । पत्रकार सम्मेलन मार्फत आज संघका अध्यक्ष राजीव पहारीले तिवारी हत्याको छानबिन गरी सत्यतथ्य जानकारी बाहिर ल्याउन आग्रह गर्दै दोषीमाथि कारबाही गर्न माग गरे । पहारीले तिवारीको हत्या राष्ट्रिय अखण्डतालाई कमजोर बनाउन गरिएको तथा प्रदेश नम्बर ५ मा भइरहेको आन्दोलनलाई निस्तेज पार्न गरिएको बताए । उनले सरकारले तुरुन्तै छानबिन गर्नुपर्नेमा जोड दिए । सरकारले आज छानबिन समिति गठन नगरे बुधबारबाट नेपाल बन्दजस्ता कार्यक्रम गर्ने चेतावनी दिए । पत्रकार सम्मेलनमा हत्याको विरोधमा आज दिउँसो देशभरि चक्काजाम गर्ने अध्यक्ष पहारीको भनाइ छ । यस्तै सङ्घले पनि छुट्टै छानबिन समिति गठन गरेको छ । सङ्घका महासचिव किरण पौडेलको संंयोजकत्वमा सचिवद्वय नरेश शाही र अशोक चन्द सदस्य भएको समिति गठन गरेको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००
आजदेखि पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ४ रुपैयाँ वृद्धि
२० असार २०८२ ६:००