नौ जना पतिकी धनी अभिनेत्री सासाको हृदयघातबाट निधन

भक्तपुर न्यूज

५ पुष २०७३ ६:२९

नौ जना पतिकी धनी अभिनेत्री सासाको हृदयघातबाट निधन

एजेन्सी, ५ पुस । नौ पतिकी धनी हंगेरियन अभिनेत्री सासा गाबोरको निधन भएको छ । हृदयघातका कारण सासाको ९९ वर्षको उमेरमा निधन भएको हो । उनी नवौं पति फ्रेडरिक भोन एन्हाल्टसंग बस्दै आएकी थिइन् । सासाले फ्रेडरिकसंग सन् १९८६ मा बिहे गरेकी थिइन् । सन् २००२ मा कार दुर्घटनामा परेसंगै उनी स्वास्थ्य समस्यामा परेकी थिइन् ।
अर्ध प्यारालाइसिस भएको शरीर लिएर बाँचिरहेकी सासालाई आइतबार स्थानीय अस्पतालले मृत घोषित गरेको हो । उनका नौ पतिमा होटल उद्योगी कोन्राड हिल्टन र ओस्कार पुरस्कार विजेता जर्ज सान्डर्स पनि पर्दछन् ।
सासाका चर्चित चलचित्रमा सन् १९५२ का माउलिन रग, लभ्ली तु लुक एट र विआर नट म्यारिड, सन् १९५३ को लिली, सन् १९५८ को क्विन अफ आउटर स्पेस पर्दछन् ।
सासा सन् १९१७ को फेबु्रअरी ६ तारिखमा हंगेरीमा जन्मेकी थिइन् ।
एउटा मानिसको प्रेम तबसम्म अधुरो हुन्छ जबसम्म उसले विवाह गर्दैैन, त्यसपछि उ सकिन्छ भन्ने सासाको भनाइ चर्चित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *