क्यालिफोर्नियामा कारको ठक्करबाट नेपाली महिलाको मृत्यु
अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको सान् डियगोमा एक नेपाली महिलाको कार दुर्घटनामा परी मृत्यु भएको छ । क्यालिफोर्नियाको सान् डियागोमा गत शनिबार राति पौने १२ बजे कारले ठक्कर दिँदा ३८ बर्षीय नेपाली महिला सरिता शाक्यको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले पुष्टि गरेका छन् ।
समाचार अनुसार मादक पर्दाथ सेवन गरेका चालकले गलत मार्गमा बिपरीत दिशामा कार कुदाउँदा सो दुर्घटना भएको जनाइएको छ । मादक पदार्थ खाएकी ३४ बर्षीय महिलाले चराएको सो कारले ४ एस ऱ्यांच क्षेत्रको बाटोमा ठक्कर दिएकी थिइन् ।
प्रहरी अधिकृतका अनुसार दसर्घटना गराउने ती महिलाको नाम अझ पनि सार्बजनिक गरिएको छैन । उनले राति ११ बजेर ४५ मिनटमा गलत मार्गतर्फ आफ्नो गाडी चलाउँदा मृतक शाक्यले चलाई रहको टोयोटा कोरोला कारलाई ठक्कर दिएकी थिइन । त्यसपछि मृतक शाक्यले चलाइरहेको गाड़ीमा आगो लागेको थियो ।
क्यालिफोर्निया राजमार्ग प्रहरी गस्ती प्रहरी अधिकारी स्टीवन रोबिनसनले मादक पदार्थ सेवन गारी गाड़ी दुर्घटना बनाउने ३४ बर्षकी महिलालाई जेलचलान गरिने बताएका छन् ।
दुर्घटनापछि गम्भीर घाइते भएकी उनलाई पनि स्क्रिप्स मेमोरियल ला जोला अस्पतालमा भर्ना गरिएको छ । चालकलाई अस्पतालमा पनि निगरानी साथ पक्राउ साथ सुरक्षा दिई रहेको राजमार्ग गस्ती प्रहरी अधिकारी रोबिनसनले जानकारी दिएका छन ।
स्थानीय सञ्चारमाध्यमका अनुसार स्वस्थ्य परिचारिका शाक्यकी ४ बर्षीय छोरी छन् । उनी दिउँसोमा छोरीलाई समय दिएर रातिमा काम गर्दै आएकी थिइन् ।