जेष्ठ नागरिकलाई कम्बल वितरण

भक्तपुर न्यूज

५ पुष २०७३ ४:५०

जेष्ठ नागरिकलाई कम्बल वितरण

भक्तपुर, ५ पुस । जाडोको समयमलाई मध्ये नजर गर्दे महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुर र सामुदायिक सेवा केन्द्र गठ्ठाघरको संयुक्त आयोजनामा जेष्ठ नागरिकसंँग अन्तरक्रिया तथा कम्बल वितरण कार्यक्रममा गरेको छ ।
नसिवकृष्ण बस्नेतबाट प्राप्त तीस थान कम्बललाई महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरका प्रहरी नायव उपरीक्षक श्याम बाबु ओलिया र सामुदायिक सेवाकेन्द्र गठ्ठाघरका अध्यक्ष सुरेन्द्र बोगटीले संयुक्त रुपमा जेष्ठ नागरिकहरुलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा सृजनानगरका नारायण पाण्डेले जेष्ठ नागरिकहरुलाई भोजन गराएका थिए भने कार्यक्रममा अग्रज समाजका अध्यक्ष महाप्रसाद पराजुली सहित १०० जना भन्दा बढि जेष्ठ नागरिकहरुको उपस्थित रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *