अन्तिम खेलमा नेपाललाई सान्तवना जित

भक्तपुर न्यूज

३ पुष २०७३ ११:१३

अन्तिम खेलमा नेपाललाई सान्तवना जित

काठमाडौं, ३ पुस । श्रीलंकामा जारी यु १९ एसिया कप क्रिकेटमा नेपालले मलेसियालाई हराउँदै सान्तवना जित दर्ता गरेको छ । मलेसियामाथि एक विकेटको जित हात पार्दै नेपालले यू–१९ एसिया कपको सुखद अन्त्य गरेको हो ।
आज कोलम्बोमा भएको समूह चरणबाटै बाहिरिएको नेपालले अर्को बाहिरिएको मुलुक मलेसियालाई १ विकेटले हराउँदै प्रतियोगितामा पहिलो जीत दर्ता गरेको हो ।
टस जितेर मलेसियालाई पहिले ब्याटिङको निम्तो दिएको नेपालले मलेसियाबाट १५४ रनको मध्यम लक्ष्य पाएको थियो । मलेसियाका लागि कप्तान विरनदिप सिंहले सर्वाधिक ७५ रन बनाएका थिए । मलेसियालाई मध्यम स्कोरमा रोक्न नेपालका आदिल खानले ३ तथा सन्दिप लामिछानेले २ र दीपेन्द्रसिंह ऐरीले २÷२ विकेट लिए । रोहितकुमार पौडेल, शुभंकर उराउ र पवन सरार्फले १÷१ विकेट लिए ।
१५४ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको नेपालले निर्धारित ५० ओभरको खेलमा ४४.४ ओभर खेल्दै ९ विकेट गुमाएर विजयी भयो । नेपालको जितका लागि अनिल शाहले ३२, अभिनाश कर्णले २९, दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए । यस्तै भारतविरूद्ध आक्रमक प्रदर्शन गरेका रोहितकुमार पौडेल १२ रनमा आउट भए । मलेसियाका विरनदिप सिंहले ३ तथा मोहम्मद हाफिज र सेयद आजिदले २–२ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *