श्रम स्वीकृतिका लागि अनलाइन प्रणालीको सुरु

भक्तपुर न्यूज

३ पुष २०७३ ९:११

श्रम स्वीकृतिका लागि अनलाइन प्रणालीको सुरु

काठमाडौं, ३ पुस । वैदेशिक रोजगारका लागि जाने नेपालीहरुले अनलाइनबाटै श्रम स्वीकृति लिन सक्ने भएका छन् । आजदेखि वैदेशिक रोजगारमा जाने कामदारको पूर्व श्रम स्वीकृति अनलाइन प्रणालीमार्फत सुरु भएको छ ।
श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले एक कार्यक्रमका बीच ताहाचलबाट अनलाइन प्रणालीको उद्घाटन गरे । उद्घाटनसँगै वैदेशिक रोजगारमा जाने कर्मचारीको पूर्व स्वीकृति अनलाइनबाटै लिने काम सुरु भएको श्रम तथा रोजगार मन्त्रालयकी प्रवक्ता रमा भट्टराईले जानकारी दिइन् । पूर्व स्वीकृति लिएको एक हप्तामै अब अन्तिम श्रम स्वीकृति पनि अनलाइनबाटै सुरु हुने छ । प्रणालीको विकास भइसकेकाले अब अन्तिम श्रम स्वीकृति पनि अनलाइनबाटै हुने भट्टराईले बताइन् ।
म्यानपावर व्यवसायीहरुले अनलाइनबाटै रोजगारमा जाने कामदारको आवश्यक विवरण विभागमा पठाउने छन् । विभागले सो विवरण अध्ययन गरी अनलाइनबाटै स्वीकृति दिने छ । पूर्व स्वीकृति लिएको एक हप्तापछि अन्तिम श्रम स्वीकृतिका लागि पनि त्यसैगरी अनलाइन प्रणालीबाट काम हुनेछ । अनलाइनबाट श्रम स्वीकृतिको काम हुने भएपछि वैदेशिक रोजगारका लागि जाने कामदारहरुलाई सहज र चाँडो समेत हुने भएको छ ।
अब कामदारहरु बारम्बार काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा धाउनु पर्दैन् । श्रमका लागि उपत्यका र उपत्यकाबाहिरका जुनसुकै ठाउँबाट पनि अनलाइन आवदेन गर्न सकिनेछ । सबै प्रक्रिया टुंगिएपछि श्रम स्वीकृतिको स्टीकरका लागि मात्रै कामदारहरुले पासपोर्ट लिएर विभागमा जाँदा हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *