राप्रपाको मध्यमाञ्चल क्षेत्रीय भेला पुस ६ गते भक्तपुरमा हुने

भक्तपुर न्यूज

३ पुष २०७३ ७:१५

राप्रपाको मध्यमाञ्चल क्षेत्रीय भेला पुस ६ गते भक्तपुरमा हुने

काठमाडौं, ३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीको मध्यमाञ्चल क्षेत्रीय भेला पुस ६ गते भक्तपुरमा हुने भएको छ । राप्रपा तथा राप्रपा नेपालको एकीकरणपछि तत्कालीन पाँचै विकास क्षेत्रमा क्षेत्रीय बैठक तथा आमसभा गर्ने निर्णयानुसार सो भेला गर्न लागिएको हो ।
भेलामा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र मध्यमाञ्चलमा रहेका १९ जिल्ला अध्यक्षको सहभागितामा पार्टी अध्यक्षले प्रस्तुत गर्ने राजनीतिक प्रस्तावमा छलफल गरी मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा दलले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा रणनीति तथा दृष्टिकोण पारित गरिनेछ ।
सोही बैठकमा जिल्ला तहमा भइरहेको एकीकरण तथा विवादका बारेमा तयार गरिएका प्रतिवेदनमाथि छलफल गरी समस्या भएका स्थानमा समाधानका उपाय खोजिने छ ।
पुस १४ गते भक्तपुरमै क्षेत्रीय सभा पनि गरिने छ । पश्चिमाञ्चल क्षेत्रमा गत मंसिर ३० गते भेला सम्पन्न गरिएको छ । त्यस्तै, पूर्वाञ्चलमा पुस ८ गते, सुदूरपश्चिमाञ्चलमा पुस १८ गते र मध्य पश्चिमाञ्चमा पुस २० गते क्षेत्रीय भेला गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *