सभामुखले बोलाइन् शीर्ष नेताको बैठक
काठमाडौं, ३ पुस । सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलको बैठक आह्वान गरेकी छन् । संसदको गतिरोध अन्त्यको प्रयासका लागि भोलि बिहान ११ बैठक आह्वान गरिएको हो ।
सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अबरुद्ध गर्दै आएको छ । एमालेको अवरोधका कारण संशोधन प्रस्ताव संसदको कार्यसूचीमा पर्न सकेको छैन ।
बैठकमा कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु सहभागि रहने बताइएको छ । सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अबरुद्ध गर्दै आएको छ । एमालेको अवरोधका कारण संशोधन प्रस्ताव संसदको कार्यसूचीमा पर्न सकेको छैन । संसदलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन हुँदैन भनेर भोलि प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाइएको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले बताए ।
सभामुख घर्तीले यसअघि पनि सहमतिको पहल गर्दै आएकी थिइन् तर दलहरुको आ–आफ्नै अडानका कारण उनको प्रयास सफल हुन सकेको छैन ।