आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं, ३ पुस । आज एक साउदी रियालको खरिददर २८ रुपैयाँ ८५ पैसा र विक्रिदर २९ रुपैयाँ ०१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार आजको कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ७२ पैसा र विक्रिदर २९ रुपैयाँ ८९ पैसा छ ।
यस्तै युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ४७ पैसा र विक्रिदर २९ रुपैयाँ ६३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ १७ पैसा र विक्रिदर २४ रुपैयाँ ३१ पैसा तोकेको छ । त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १२ पैसा र विक्रिदर ९ रुपैयाँ १७ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ५३ रुपैयाँ ४६ पैसा छ भने विक्रिदर ३ सय ५५ रुपैयाँ ४१ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर २ सय ८७ रुपैयाँ ०८ पैसा र विक्रिदर २ सय ८८ रुपैयाँ ६७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।