चीनले नियन्त्रणमा लिएको अमेरीकी समुन्द्री ड्रोन फिर्ता गर्ने

भक्तपुर न्यूज

३ पुष २०७३ ६:१७

चीनले नियन्त्रणमा लिएको अमेरीकी समुन्द्री ड्रोन फिर्ता गर्ने

एजेन्सी, ३ पुस । चीनले गत बिहिबार दक्षिणी चीनीया सागरबाट नियन्त्रणमा लिएको अमेरीकी नौसैनिक ड्रोनलाई फिर्ता गर्ने जनाएको छ । अमेरीकाको आग्रह र ड्रोनको परीक्षण पछि फिर्ता गर्ने सहमति भएको हो । चीन प्रशासनसँगको सीधा सम्पर्कमा समुद्री ड्रोन युयुवी फिर्ता गर्ने विषयमा सहमति बनेको पेन्टागनका प्रवक्ता पिटर कुकले जानकारी दिए ।
चीनले अमेरिकाको समुद्री ड्रोन दक्षिणी चीन सागरको अन्तर्राष्ट्रिय जलक्षेत्रबाट बिहीबार नियन्त्रणमा लिएको थियो । त्यसपछि अमेरिकाले चीनसँग आफ्नो ड्रोन फिर्ता गरिदिन औपचारिक आग्रह गरेको थियो । ओसन ग्लाइडर नामको ड्रोन पानीमा रहेको नुनको मात्रा तथा तापक्रम पत्तालगाउनका लागि प्रयोग गर्ने गरिएको थियो । ड्रोनले दिएको जानकारी पानीमुनिको सञ्जालको सीमांकनका लागि प्रयोग गरिने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले बताएको छ ।
चीनको रक्षा मन्त्रालयले अमेरिकी ड्रोन औपचारिक रुपमा फिर्ता गरिने जनाएको छ । तर कहिले भन्ने चाहीँ खुलाएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *