अन्तर्रा्ष्ट्रिय आप्रवासन दिवस विभिन्न कार्यक्रम गरी मनाइदै

भक्तपुर न्यूज

३ पुष २०७३ ६:११

अन्तर्रा्ष्ट्रिय आप्रवासन दिवस विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं, पुस ३ । आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासन दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो । सोही दिनको सम्झनामा हरेक बर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो । नेपालमा भने सन् २००० डिसेम्बर १८ देखि मात्र यो दिवस मनाइदै आएको हो ।
सुरक्षित आप्रवासनका लागि सरकारी तथा गैरसरकारी संघसंस्थाले दिवसको अवसरमा आज विभिन्न कार्यक्रम को आयोजना गरेका छन् । नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकको अधिकार सुनिश्चतताका लागि वकालत गर्दै सरकारको ध्यानाकर्षण गराउने गरेका छन् ।
नेपालमा प्रत्येक दिन करीब १७ सयको हाराहारीमा नेपाली कामका लागि विदेशिने गरेको सरकारी तथ्यांक छ । जस अनुसार ३० लाखभन्दा बढि नेपाली अहिले रोजगारीका लागि विदेशमा रहेको मानिन्छ । विशेषगरी नेपालीहरुको गन्तव्य खाडी मुलुकहरु र मलेशिया, दक्षिण कोरिया, पूर्वी अमेरिका हो । नेपालीहरु कामकै लागि यूरोप सहित विश्वका झण्डै २ सय वटा देश पुग्दै आएका छन् । यस्तो अवस्थामा आप्रवासी नेपाली कामदारहरुले दैनिक रुपमा अनेकौं समस्याको सामना गर्दै आएका छन् । आप्रवासी कामदारले भित्र्याएको विप्रेषणले उनीहरुको मात्रै होइन पुरै देशकै आयश्रोतमा बढोत्तरी भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *