डिभोर्सपछि एकसाथ ऋतिक र सुजैन

भक्तपुर न्यूज

१ पुष २०७३ ९:५३

डिभोर्सपछि एकसाथ ऋतिक र सुजैन

एजेन्सी १ पुष । नायक ऋतिक रोशन पत्नी सुजैनसँग डिभोर्स गरेर बसेका छन् । सन् २०१३ को डिसेम्बरमा यो जोडीले अलग हुने फैसला गरेको थियो । डिभोर्सपछि पनि ऋतिक र उनकी पूर्व पत्नीलाई समय-समयमा एकसाथ पार्टीमा रमाइरहेको देख्न सकिन्छ ।

बिहिबार ऋतिकको गाडीमा बसेर सुजैन घर गइन् । यी दुइको यस्तो भेटघाटले कतै यी दुई फेरि एक हुँदै त छैनन् भन्ने चर्चा पनि चलेको छ । मुम्बइको एक रेष्टुरेन्टमा एकसाथ खाना खाएका यी दुई एउटै गाडीमा चढेका थिए ।

सुजैनका अनुसार उनीहरुविच अब प्याचअप हुने संभावना कत्ति पनि छैन । तर, आफूहरु एक राम्रो बाबु-आमा बन्ने सुजैनको भनाई छ । २ छोराका लागि ऋतिक र सुजैन समय-समयमा एकसाथ हुने गर्छन् । मे महिनामा पनि छोरा ऋदानका लागि यी दुई एकै ठाउँमा आएका थिए । यी दुई अलग हुनुको कारण खुल्न सकेको छैन । तर, दुबै जनाको बाहिरी अफेयरका कारण यो जोडी टुटेको खबर मिडियामा आउने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *