अमेरीकाको चुनाव ह्याकिगंमा रुसी राष्ट्रपति पुटिन प्रत्यक्ष संलग्न रहेको हवाईट हाउसको आरोप
एजेन्सी, १ पुस । अमेरीकाको नोभेम्बर ८ मा सम्पन्न राष्ट्रपतिय निर्वाचनमा रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले प्रत्यक्ष रुपमै संलग्न भएर ह्याकिगं अपरेसन चलाएको आरोप ह्वाईट हाउसले लगाएको छ ।
राष्ट्रपति ओवामाका सल्लाहकार वेन रोड्सले सरकारी कामकाजमा पुटिनको पकड बलियो रहेकाले उनलाई यो अप्रेसनको जानकारी रहेको दावी गरेका छन् । यद्यपि रुसले अमेरीकाको यो दावीलाई अस्वीकार गर्दै आएको छ ।
ह्वाईट हाउसका प्रेस सचिव जोश अर्नेष्टले पुटिनको प्रत्यक्ष संलग्नता रहेको दावी गरेका छन् । अमेरीकी डेमोक्रयाटीक उम्मेद्धार हिलेरी क्लिन्टनलाई हराएर पुटिनलाई जीताउन रुसले ह्याकीग गराएको आरोप लागेको छ ।तर रुसी राष्ट्रपति कार्यलयका प्रवक्ता दिमित्री पेशकोबले यो आरोप हास्नका लागि खडा गरिएको वकवास मात्र भएको टिप्पणी गरेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
