एसीसी कप क्रिकेटमा नेपालले आज भारतको सामना गर्दै
श्रीलंकाको कोलम्बोमा जारी एसीसी अन्डर नाइन्टीन क्रिकेट प्रतियोगितामा नेपालले आज भारतको सामना गर्दै छ ।
टेस्ट मान्यता प्राप्त राष्ट भारतसँगको खेल नेपाललका लागि चुनौतिपूर्ण रहेको छ । तर भारत सामू उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टोलीका कप्तान सन्दिप लामिछानेले बताएका छन् । यस अघि हिजो भएको खेलमा नेपाल आयोजक श्रीलंकासँग १ रनले पराजित भएको छ । जितको नजिक पुगेको नेपाल अन्तिम समयमा सम्हालिन नसक्दा पहिलो खेलमा पराजित भएको हो ।
नेपालले समुह चरणमा भारतसँगै मलेसियासँग पनि प्रतिस्पर्धा गर्ने छ । नेपालले आगामी आइतबार अव मलेसियाको सामना गर्ने छ ।अर्काे समुह बी मा पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर रहेका छन् । समूहको शीर्ष दुइ टोली सेमिफाइनल पुग्नेछन् । प्रतियोगिता आगामी पुस ८ गतेसम्म सञ्चालन हुने छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ चैत २०८१ १२:०५
अभिनेता सुशान्तसिंह राजपूतको मृत्युको मामिलामा नयाँ खबर
७ चैत २०८१ १३:३४
विद्युत् आपूर्तिका लागि भारतसँग पहल जारी : परराष्ट्रमन्त्री
८ चैत २०८१ १६:३८
युक्रेनको पावर प्लान्ट अमेरिकी नियन्त्रणमा रहने
९ चैत २०८१ १२:१५