१६ औ दिन पनि गुल्मी बन्द
काठमाडौं ३० मंसिर । सरकारले प्रदेश नं ५ लाई टुक्राउने गरी संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको विरोधमा प्रदर्शन विभिन्न जिल्लामा कायमै छ । गुल्मीमा १६ दिनदेखि बन्द जार रहदा त्यहाको जनजीवन कष्टकर बन्दै गएको छ । लामो बन्दको कारण जिल्लामा सर्वसाधारणको जनजीवन निकै कठिन बनेको हो ।
सबै बजार, उद्योग तथा कलकारखाना, यातायात सेवा ठप्प हुँदा सर्वसाधारणलाई सास्ती भएको छ । जिल्लामा बन्द लम्बिँदा स्थानीयले दिनहुँ नयाँ तरीकाले बन्दको आयोजना गरिरहेका छन् । विरोध प्रर्दशनको क्रममा आज सदरमुकाम तम्घासमा संयुक्त युवा विद्यार्थी संघर्ष समितिले एकीकृत पाँच नम्बर प्रदेश पक्ष र विपक्षमा जनमत संग्रह गर्ने तयारी गरेका छन् ।
यता, ५ नम्वर प्रदेशबाट रोल्पा र प्यूठानसहितका पहाडी जिल्ला विभाजन हुने गरी संसदमा दर्ता भएको संविधान संशोधनको विधेयकविरुद्ध आजबाट फेरी रोल्पा र प्युठान पनि बन्दको आह्वान गरिएको छ । रोल्पा र प्युठानको संयुक्त संघर्ष समितिले बन्दको आह्वान गरेको हो । बन्दका कारण यी जिल्लामा उद्योग, कलकारखाना, सवारी साधन, पसल, विद्यालय तथा सरकारी कामकाज सबै ठप्प पारिएका छन् । संशोधन प्रस्ताव फिर्ता नगर्दासम्म बन्दका कार्यक्रम यथावत् राख्ने ढिपी दलहरुले लिएका छन् । बुटवल र पाल्पामा भने बन्द ह