सीरियाको ऐलेप्पो सहरमा सरकारी सेनाद्धारा भिषण गोलाबारि जारी
एजेन्सी ३० मंसिर । सिरियाको एलेप्पो सहरमा अहिले पुन सघर्ष चर्किएको छ । युद्धबिराम गरिएको घोषणा गरेपसिन हाल सो क्षेत्रमा ठुलो मात्रामा गोलाबारि हुनुका साथै बम प्रहर समेत भएको अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । गोलाबारिका कारण बिद्हि लडाकु र सर्वसाधारण बाहिर निस्कन सकिरहेका छैनन् । मंगलवार एलेप्पोमा जारी सैन्य कार्वाहिको अन्त्य गर्दै लडाकु र सर्वसाधारणलाई सुरक्षीत स्थानमा जानका लागि अनुमति दिईएको थियो । तर बुधवार देखि नै फेरी सरकारी सेनाले आक्रमण सुरु भएको हो ।
ब्रिटेन स्थित अनुगनमन निकाय सिररियन अब्जरभेटरी फर ह््युमन राईट्सका निर्देशक रामि अब्दुलरहमानका अनुसार जोडदार सर्घष जारी छ , बम बर्षा समेत भईरहेको छ । उनले भने आक्रमण हेर्दा सघर्षबिराम समाप्त भएको आकलन गर्न सकिने बताएक छन् ।
रुस र टर्किको मध्यस्तकर्तामा तयार भएको संघर्ष बिराम सम्झौता पछि पनि आक्रमण जारी रहेपछि त्यसको जिम्मेवार सिरिया सरकारको मागलाई ठहर्याईएको छ ।