२० हजार मेगावाट बिजुली उत्पादन महत्वकांक्षी लक्ष्य
काठमाडौं ३० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामि १० बर्षमा २० हजार मेगावाट बिजुली उत्पादन गर्ने महत्वकाक्षी लक्ष्य राखेको बताउइका छन् ।
राजधानीमा आजदेखि सुरु भएको अन्तराष्टिय उर्जा सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले उक्त लक्ष्य पुरा गर्न सोहि अनुसारको राजनीतिक र कानूनी वातावरण बनाउन सरकार लागि परेको उनले जानकारी दिए । उनले उर्जा संकट निवारण गर्ने जलबिद्युत क्षेत्रको लगानिलाई प्राथमिकतामा राखेको भन्दै सुरक्षित लगानीको वातावरण बनाउने र त्यसलाई सरकारले सुनिश्चित गर्ने बताए ।
सरकारका तर्फबाट ८ हजार मेगावाट, निजी क्षेत्रले ८ हजार र वैदेशिक लगानीबाट ४ हजार मेगावाट बिजुली उत्पादन गर्ने प्रधानमन्त्री दाहालको भनाई छ । कार्यक्रममा ऊर्जामन्त्री जनार्दशन शर्माले नेपालमा उत्पादित विजुलीको राम्रो बजार छिमेकी भारत रहेको भन्दै ढुक्क भएर लगानी गर्न अन्तराष्ट्रिय समुदायलाई आव्हान गरे । उनले स्वदेशीसँगै विदेशी लगानीकर्तालाई पनि उर्जा क्षेत्रमा आकर्षित गराउने खालका कार्यक्रम ल्याउने बताए ।