स्थानिय निकायको निर्वाचन बिधेक सहमती भन्दा फरक आयो एमाले भस्कियो

भक्तपुर न्यूज

३० मंसिर २०७३ ७:२६

स्थानिय निकायको निर्वाचन बिधेक सहमती भन्दा फरक आयो एमाले भस्कियो

३० मंसिर,काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले स्थानीय तहको निर्वाचन सम्बन्धी बिधेयक दर्ता गरेर सरकारले चुनावलाई अन्यौल बनाएको टिप्पणी गरेको छ ।प्रमुख दलहरुबीच पूरानै संरचना अनुसार स्थानीय निकायको निर्वाचन गर्नेबारे छलफल भइरहेको छ । तर, सरकारले त्यसविपरित नयाँ संरचना अनुसार चुनाव गराउन स्थानीय तहको निर्वाचन सम्बन्धी विधेयक दर्ता गराएको भन्दै एमाले झस्किएको हो ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले यो विधेयकले स्थानीय निर्वाचन झनै अन्यौल र अनिश्चततातर्फ धकेलिएको बताए । उनले भने-नयाँ संरचना अनुसार जाँदा वैशाखभित्रमा स्थानीय तहको चुनाव गर्न नसकिने कुरा सरकारले नै भनेर पूरानै संरचनामा स्थानीय निकायको चुनाव गर्ने कुरा भएको थियो । तर, विधेयक नयाँ संरचना अनुसार गर्ने भनेर ल्याइयो । सरकारले गर्न खोजेको के हो ? जवाफ चाहियो ।’

चुनाव पूरानो संरचना अनुसार गर्ने भन्ने अनि विधेयक चाहिँ नयाँ संरचनाको ल्याएर सरकारले स्थानीय चुनाव नगर्ने नियत देखाएको उनले बताए । गृहमन्त्री विमिलेन्द्र निधीले बुधवार संसद सचिवालयमा दर्ता गराएको स्थानीय तहको निर्वाचन सम्बन्धी व्यवस्था गर्न बनेको बिधेयक २०७३ अनुसार अब नयाँ संरचनामा चुनाव गराउनुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *